Section 14
नेपाल सरकारको अधिकार

(१) नेपाल सरकारले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमकोसबै वा केही प्रावधानहरु कुनै वर्ग, जात, जाती वा राष्ट्रियताका विदेशीहरुलाई लागू नहुने वा तोकिएका शर्तहरु बमोजिम मात्र लागू हुने व्यवस्था गर्न सक्नेछ ।

(२) नेपाल सरकारलाई नेपाल ………… भित्र कुनै पनि विदेशीको प्रवेश, उपस्थितिवा प्रस्थानबाट राष्ट्रिय हित प्रतिकूल हुन सक्छ भन्ने लागेमा त्यस्तो विदेशीको प्रवेश, उपस्थितिवा प्रस्थान निषेध गर्न सक्नेछ ।